विप्लव र माओवादी केन्द्रकाे एकता किन र कसले भाँड्याे ?
माओवादी केन्द्रसँग एकता गर्ने भनेर निकै लामो समयदेखि हौसिरहेका नेत्रविक्रम चन्द विप्लवका लागि जनार्दन शर्मा र वर्षमान पुन बाधकको रुपमा देखिएका छन् ।
अहिले वैचारिक रुपमा सबै कुरा मिले पनि संगठनमा कुरा नमिलेको बताइएको छ । पछिल्ला दिनमा जनार्दन शर्माभन्दा पनि वर्षमान पुन नै विप्लवलाई ल्याउन रोकिरहेका छन् ।
शर्माले भने केही समयअघि नै भेटघाट गरेर सम्बन्ध सुधार गरेका थिए । कमरेड पुन भने अहिले निकै सक्रिय भएर पार्टीका गतिविधिमा लागेका छन् । र, उनी अझ सक्रिय हुने भन्दै आफ्नो स्वास्थ्यका कारण समस्या नभएको सन्देश दिन खोजिरहेका छन् ।
त्यो भनेको विप्लवलाई रोक्ने रणनीति रहेको पनि बताइन्छ । विप्लव आए पार्टीमा महासचिवको दावेदारीदेखि रोल्पाको निर्वाचन क्षेत्रमा समेत पुनलाई असर गर्नेछ । त्यसैले, विप्लवलाई रोक्न पहिलादेखि नै लागेकाे पेरिस डाँडा स्राेत बताउछ । प्रचण्डले त्यही कुरा बुझेर पूर्व उपराष्ट्पति नन्दबहादुर पुनलाई पार्टीमा ल्याउन खोजिरहेका छन् ।
विप्लवको केन्द्रीय कमिटीको बैठकमा नै पार्टी एकताका लागि माओवादी केन्द्रमा कुरा नमिलेको बताएका छन् । हालैको केन्दीय कमिटीमा विप्लवले उक्त व्रिफिङ गरेका हुन् । माओवादी केन्द्रले भने एकताको निर्णय गर्ने भनिएको केन्द्रीय कमिटी बैठक पनि सारिरहेको छ ।
२०८१ मंसिर २७ देखि पुस २ गतेसम्म बसेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठकले उक्त कुरा उठेको हो । त्यसैले, विप्लव पछिल्ला दिनमा प्रचण्डसँग पनि रुष्ट बन्न थालेको चर्चा छ ।
प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । र, महासचिव देव गुरुङसँग पनि छलफल भइरहेको थियो । तर त्यसमाप प्रगति हुन सकेको छैन । माओवादीले मंसिरमा बस्ने भनेको केन्द्रीय कमिटी बैठक पनि सरेर पुसमा पुर्याईएको छ ।

प्रतिकृया दिनुहोस