बहुआयामिक लसुन ठन्डीमा सेवन गर्नुको फाइदा
अधिकांश मानिसले बिहान खाली पेटमा लसुन चपाएको हामीले देखेका छौं । लसुनको सेवनले शरीरमा प्रतिरक्षा विकास गर्ने तथा कयौं रोगहरूको आक्रमणबाट समेत बचाउने गर्दछ ।
–लसुनमा एन्टीफंगल तथा एन्टी ब्याक्टेरियल गुण, फस्फोरस, क्याल्सियम, सल्फ्युरिक एसिड, कपर, म्याग्निज, भिटामिन ए, भिटामिन बी२, भिटामिन बी६ जस्ता कयौ तत्वहरु हुने गर्दछ, यसले शरीरमा प्रतिरक्षा विकास गरेर ठन्डी महिनामा भाइरल आक्रमण हुनबाट बचाउँछ ।
–लसुनको सेवनले जाडो महिनामा कुनै पनि संक्रमणबाट राहत पाउन मद्दत गर्दछ । यसमा एन्टिफङ्गल तथा एन्टिब्याक्टेरियल गुण हुने गर्दछ ।
–पाचनसँग सम्बन्धित समस्याहरूबाट राहत पाउनको लागि बिहान लसुनको सेवन गर्न सकिन्छ । लसुनमा एन्टी माइक्रोबियल गुण हुने गर्दछ, जसले कब्जियत र अपजको समस्यामा सहजता प्रदान गर्दछ ।
–फोक्सो स्वस्थ राख्न तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्याबाट बच्नका लागि लसुनले महत्वपूर्ण भूमिका खेल्दछ । यसमा एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ । लसुनलाई खाली पेटमा सेवन गर्न सकिन्छ ।
–तौल घटाउनका लागि पनि लसुनको सेवन गर्न सकिन्छ । यसमा हुने एन्टीअक्सिडेन्टले मेटाबोलिजम बलियो बनाउन र तौल घटाउन मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस