• शनिबार-मङ्सिर-२९-२०८१

पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह


धनुषा, २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित हुनुभएको छ । साहले ८२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गर्नुभयो ।

 

    यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुनुभएको छभने उहाँका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्त गर्नुभयो ।

 

    सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाउनुभयो । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्त गर्नुभयो ।

 

    कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी हुुनुभयो । उहाँका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाउनुभयो । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।

 

    प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

 

यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित हुनुभएको छभने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित हुनुभएको छ ।
---

 

प्रतिकृया दिनुहोस