• शुक्रबार-पौष-१२-२०८१

राममणि क्याम्पसका स्नातक तहका विद्यार्थीहरूका लागि प्रेरणादायी कार्यक्रम

मणिग्राम, मङ्सिर १९ – राममणि बहुमुखी क्याम्पसले स्नातक तह पहिलो वर्षका विद्यार्थीहरूका लागि प्रेरणादायी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा मुख्य प्रशिक्षक समालोचक, साहित्यकार तथा सह–प्राध्यापक ऋषिराम भूसालले स्नातक तहको अध्ययनलाई केवल शैक्षिक योग्यता प्राप्तिको लागि मात्र नभई जीवन निर्माणका लागि ज्ञान, सीप र असल आदत विकास गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

 

उहाँले राम्रा आदत र विचारको संगतले जीवनयात्रा सफल बनाउने भन्दै विद्यार्थीलाई सजग र सक्रिय रहन प्रेरित गर्नुभयो।

 

कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि क्याम्पसले निरन्तर विद्यार्थीकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

 

करिब ३०० विद्यार्थीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी परामर्श तथा रोजगार एकाइका संयोजक भीमलाल घिमिरेले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने प्रकाशन समितिका संयोजक मुक्तिनाथ गैह्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

 

यो अभिमुखीकरणले स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई जीवन निर्माणको यात्रामा उत्प्रेरणा थप्ने विश्वास गरिएको छ।

 

 

 

 

प्रतिकृया दिनुहोस