ड्यान्ड्रफबाट यसरी पाउँनुस् छुटकारा
ड्यान्ड्रफको समस्याले मानिसलाई असहज र अस्वस्थ महसुस गराउँछ । अझ जाडो मौसममा यसको समस्या अझै बढी देखिने गर्दछ ।
–यसबाट छुटकारा पाउनका लागि कागतीको रस सेवन गर्न सकिन्छ । कागतीको रसमा सस्र्यूँ वा नरिवलको तेल मिलाएर कपालको मसाज गर्न सकिन्छ ।
–एन्टी–ब्याक्टेरियल तथा एन्टीफंगल गुणले भरिपूर्ण बेसारको पानीको प्रयोगले ड्यान्ड्रफ हटाउन सकिन्छ । स्याम्पु प्रयोग गरेपछि बेसार पानीले कपाल धुँदा राम्रो हुन्छ ।
–निमको पातको पेस्ट बनाएर कपालमा लगाउने वा पेस्टलाई पानीमा हालेर कपाल धुने हो भने पनि ड्यान्ड्रफबाट राहत पाउन सकिन्छ । यसमा एन्टीफंगल तथा एन्टीब्याक्टेरियल गुण हुन्छ ।
–कपाललाई स्वस्थ राख्न र ड्यान्ड्रफबाट राहत पाउनका लागि नरिवलको तेलले कपाल मालिस गर्न सकिन्छ । यसमा हुने एन्टीब्याक्टेरियल तथा एन्टीफंगल गुणले तालुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
– बेकिङ सोडाले कपाल मालिस गर्न सकिन्छ । बेकिङ सोडाले कपाल मालिस गरेको १० मिनेटपछि कपाल धुने गर्नुपर्दछ । यसले ड्यान्ड्रफको समस्या हटाउन मद्दत गर्दछ ।
–दहीमा जैतुन तथा नरिवलको तेल मिसाएर कपालमा लगाउन सकिनछ । १० देखि १५ मिनेटपछि कपाल धुनुपर्दछ । यो पनि ड्यान्ड्रफको समस्या हटाउन प्रभावकारी हुन्छ । पछि दहीको गन्ध हटाउनका लागि स्याम्पुले कपाल धुन सकिन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस