• शुक्रबार-पौष-१२-२०८१

डरले वकिलहरू सुनवाइमा नगए पछि बंगलादेशका धार्मिक नेता एक महिना हिरासतमै

 

ढाका, १९ मंसिर । बंगलादेशमा देशद्रोहको आरोपमा पक्राउ परेका हिन्दू धार्मिक नेता इस्कॉनका पुजारी चिन्मय कृष्ण दास एक महिना जेलमा बस्नुपर्ने भएको छ । 

 

बंगलादेशको अदालतले उनको जमानत याचिकामाथिको सुनुवाइ अर्को महिनासम्मका लागि स्थगित गरेको छ । वास्तवमा जमानत याचिका मंगलबार अर्थात ३ डिसेम्बर २०२४० मा सुनुवाइ हुनु पर्ने थियो तर सुनुवाइको लागि कुनै पनि वकिल अदालतमा उपस्थित भइ दिएनन् ।

 

यसअघि इस्कॉनले चिन्मय कृष्णदासको पक्षमा रहेका बंगलादेशी वकिललाई इस्लामिक कट्टरपन्थीहरूले आक्रमण गरी गम्भीर घाइते भएको दाबी गरेको थियो । उनी अहिले आईसीयूमा छन् । 

 

सो हमलापछि वकिलहरूले मंगलबार जमानतको सुनुवाइमा उपस्थित हुन अस्वीकार गरेपछि चटगाउँ अदालतले सुनुवाइ स्थगित गर्नु परेको थियो । अदालतले अर्को सुनुवाइको मिति जनवरी २, २०२५ तोकेको छ।


बंगलादेशी दैनिक द बिजनेस स्ट्यान्डर्डका अनुसार बंगलादेश समिता सनातनी जागरण जोतले चिन्मय कृष्ण दासको जमानत सुनुवाइमा उपस्थित हुनबाट रोक्न करिब ७० हिन्दू वकिलहरू विरुद्ध झूटा मुद्दा दायर गरिएको आरोप लगाएको छ । चिन्मय दासको पक्षमा बहस गर्न नपरोस् भनेर चटगाउँको कोतवाली प्रहरी चौकीमा विस्फोटक पदार्थ ऐन अन्तर्गत दर्ता भएको मुद्दामा वकिललाई कारबाही भइरहेको संगठनले जनाएको छ ।


इस्कॉन कोलकाताका प्रवक्ता राधारमण दासले ट्विटरमा एक पोस्टमा भने, ‘कृपया अधिवक्ता रामेन रायको लागि प्रार्थना गर्नुहोस् । उनको एउटै अपराध अदालतमा चिन्मय कृष्ण प्रभुको रक्षा गर्नु थियो । इस्लामवादीहरूले उनको घरमा तोडफोड गरे र निर्मम आक्रमण गरे र उनलाई आईसीयूमा आफ्नो जीवनको लागि लड्दै छोडे।’ यद्यपि, बंगलादेशका धेरै वकिलहरूले त्यस्तो कुनै घटना नभएकाे भन्दै अस्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस