दक्षिण कोरियाका राष्ट्रपतिले लगाएकाे 'मार्शल ल', संसदले गरिदियो खारेज
सिओल, १९ मंसिर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार राती लगाएको मार्सल ल अन्तत : असफल भएको छ । दक्षिण कोरियाली संसदमा भएको हिजो राति मतदानमा १९०-० मतका आधारमा सो असफल भएको हो ।
राष्ट्रपतिले 'मार्शल ल' लगाए लगत्तै संसद बैठक बसेको थियो । संसद बैठक अबरोध गर्न संसदमा सेना परिचालन गरिएको थियो। कोरियाली सैनिकहरू हेलिकोप्टर र झ्यालका सिसा फुटाएर संसद भवन प्रवेश गरेका थिए । तर, सेनाको अबरोधका बाबजुद संसदले राष्ट्रपतिको कदम पूर्णत खारेज गरिदिएको छ । 'मार्शल ल' लगाए लगत्तै सेनाहरू सडकमा निस्केका थिए, जहाँ जनताले प्रतिरोध गरिरहेको दृश्य देखिएको थियो ।
बिपक्षीले भने महाअभियोगवाट बच्नका लागि राष्ट्रपति युनले यो हत्कण्डा अपनाएको आरोप लगाएको छ । राष्ट्रपतिको अप्रत्याशित कदम पछि बिपक्षी दलले आकस्मिक बैठकसमेत बोलाएको थियो । लगत्तै संसदमा प्रवेश गरेका हुन् ।
युनले भने उत्तर कोरियाको कम्युनिष्ट शक्तिबाट देशलाई बचाउन र राज्य विरोधी तत्वहरूलाई हटाउन यो कदम आवश्यक भएको तर्क गरेका थिए । ‘उत्तर कोरिया समर्थक सेनालाई देशबाट हटाउन र उदार संवैधानिक प्रणालीको रक्षा गर्न यो निर्णय गरिएको हो’ उनले टेलिभिजन सम्बोधनमा भने । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले एक टेलिभिजन ब्रीफिङमा आफूसँग मार्शल लको सहारा लिनुको विकल्प नभएको बताएका थिए ।
यद्यपि, दक्षिण कोरियाली राष्ट्रपतिले मार्शल ल अन्तर्गत के प्रतिबन्ध लगाइनेछ वा कुन विशेष नियमहरू ल्याइनेछ भनेर बताइसकेका थिएनन् । स्थानीय चार संस्थाहरूले राष्ट्रपतिले मार्सल लको घोषणा गरेलगत्तै देशको विपक्षी डेमोक्रेटिक पार्टीले आफ्ना सांसदहरूको आपतकालीन बैठक बोलायो । बैठकमा राष्ट्रपतिले चालेका कदम र सरकारले लगाएको प्रतिबन्धका विषयमा पनि छलफल गरेर संसदमा गएका थिए ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाको विपक्षी डेमोक्रेटिक पार्टीका नेता ली जे म्युङले मार्शल लको घोषणा असंवैधानिक भएको बताए । अर्कोतर्फ सत्तारुढ पीपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनले पनि मार्सल ललाई गलत भन्दै यसलाई रोक्ने वाचा गरेको दाबी पनि भइरहेको थियो, नभन्दै उनले पनि राष्ट्रपतिलाई साथ दिएनन् ।
समाचार अनुसार दक्षिण कोरियाली नेतृत्वको विपक्षी डेमोक्र्याटिक पार्टीले शक्तिको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति युनलाई महाभियोग लगाउन माग गरेको एक महिनापछि मार्सल लको घोषणा गरिएको हो ।
विपक्षीहरुले राष्ट्रपतिले मार्सल ल लगाएर महाभियोगबाट बच्न चाहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । विपक्षी नेता ली जे म्युङले मार्शल लले ‘पूर्ण तानाशाही’ निम्त्याउन सक्छ, यसको दुरुपयोगको ऐतिहासिक उदाहरणहरूलाई औंल्याउँदै चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस