• शुक्रबार-पौष-१२-२०८१

आँखाको स्वास्थ्यका लागि यसो गरौं

 

आँखाको स्वास्थ्यमा पोषणको योगदान निकै हुन्छ । हरियो. सागसब्जी, गाँजर, पालक तथा फलफुलहरु भिटामिन ए, सी, ई आँखाका लागि निकै फाइदाजनक मानिन्छन् । जानौं दृष्टि सुधार गर्ने केही उपायहरु :


–मोबाइल तथा ल्यापटपको अधिक प्रयोग नगरौं । यसले आँखामा थकान र सुक्खापन सिर्जना गर्छ । हरेक २० मिनेटमा ब्रेक लिने गरौं । 


– धुम्रपानले आँखाको नसामा असर पु¥याउने काम गर्दछ र म्याकुलर डिजेनेरेशनजस्तो रोगको खतरा बढाउँछ । त्यसैले धुम्रपानबाट बच्नु उपयुक्त हुन्छ । 


– शारीरिक अभ्यासले रक्तसंचार राम्रो बनाउँछ । योग, दौड्नु, हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 


–घाममा चश्मा लगाउने गर्नुपर्दछ । यूभी किरणले आँखालाई नोक्सान गर्दछ । त्यसैले यूभी प्रोटेक्शन चश्मा घाममा हिँड्दा लगाउन सकिन्छ ।


– आँखाको आरामका लागि पर्याप्त निद्रा लिनुपर्दछ । दैनिक ७–८ घण्टा सुत्नु आवश्यक पर्दछ । सुत्ने समयमा मोबाइल तथा ल्यापटपको प्रयोग नगरौं । 


–आँखालाई सुक्खापनबाट बचाउनका लागि दिनमा केही पटक चिसो पानीले धुने काम गरौं । यसले आँखामा सुक्खापन आउन दिँदैन र थकान कम गर्छ । 
 

प्रतिकृया दिनुहोस