उदयपुरको बेलका नाै र सर्केगाड उपाध्यक्षमा तिमिल्सिना विजयी
सिमकोट (हुम्ला), १८ मङ्सिरः हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो ।
सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नुभयो । खसेको मतमध्ये ७८ मत बदर भएका छन् ।
विसं २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी हुनुभएको थियो । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।
उदयपुरको बेलका–९ मा घिमिरे विजयी
गाईघाट (उदयपुर), ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरु भएको गणना राति ११ सम्पन्न भएको हो ।
घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहन खड्काले पाँच सय २५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी हुनुभएको बेलका–९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलका–९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा पनि माआवादी केन्द्रका नवीनकुमार बान्तावा राई विजयी हुनुभएको छ । यसअघि यी दुवै नगरपालिकाको वडाहरूमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।
---

प्रतिकृया दिनुहोस