दिल्लीमा केजरीवालका अर्का विधायक पक्राउ
नयाँ दिल्ली, १६ मंसिर । आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ ।
लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जबरजस्ती असुली मुद्दामा आप विधायक विरुद्ध यो कारबाही गरिएको हो ।
नरेश बल्यानको अडियो क्लिप भाजपाले जारी गरेको छ। बल्यान र गुण्डा नाइके कपिल साङ्वान उर्फ नन्दुबीच भएको कुराकानीको अडियो क्लिप सार्वजनिक भएको थियो । उक्त कुराकानीमा व्यवसायीहरुबाट फिरौती रकम असुल्ने विषयमा पनि छलफल भएको बताइएको छ । थप अनुसन्धान जारी छ ।
उत्तम नगरबाट आम आदमी पार्टीका विधायक नरेश बालियानको कथित अडियो भाजपा नेता अमित मालवीयले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेका थिए। उनले निर्माण व्यवसायीसँग गुण्डामार्फत फिरौती मागेको आरोप छ ।
यद्यपी, बाल्यानले आरोपहरू अस्वीकार गरेका छन र उनले भनेका छन कि जब केजरीवालले कानून र व्यवस्थामा भाजपालाई आक्रमण गरे, उनले धेरै वर्ष पुरानो झुटा समाचार बाहिर ल्याउने काम गरिरहेका छन ।
यसअघि आम आदमी पार्टीलाई जबरजस्ती र्याकेट चलाएको आरोपमा निशाना बनाउँदै भाजपा नेता गौरव भाटियाले भनेका थिए, ‘दिल्लीको निर्वाचित सरकार जनतालाई धम्की दिन्छ, यो अडियो क्लिप सार्वजनिक भएपछि केजरीवाल र आतिशीको अडान के छ ? यदि अरविन्द केजरीवालले जवाफ दिएनन् भने, उनले विधायक मार्फत पैसा जम्मा गरेको मानिनेछ ।’

प्रतिकृया दिनुहोस