आज उपनिर्वाचन : मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुँदैन, जानिराखौं !
काठमाडौं, १६ मंसिर । आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदि लगाएको भेटिएमा कारवाही गरिने भनाइ छ ।
साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि प्रस्ट पारेको छ ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन पालना गर्नु पर्ने पुनः स्मरण गराएको छ ।
आयोगकी सह सचिव एवम प्रवक्ता निता पोखरेलका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्तिलाइ मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ ।
आयोगले मतदानको दिन आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधि हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस