ओलीको चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण मिनाह नहुने संकेत
काठमाडौं । नेपालमा निकै चर्को बहस भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहको विषयमा चीनले औपचारिक रुपमा मुख खोलेको छ । धेरैको अनुमान चाहिँ प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पोखरा विमानस्थललाई गिफ्टको रुपमा दिएर ऋण गर्ने पक्षमा हुने भन्ने थियो । तर, चिनियाँ राजदूत छन् सोङले केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा पोखराको ऋण मिनाहा नहुने बताएका हुन् ।
लिङ्देनले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै ऋण मिनाहको कुरा उठाएको तर राजदूतले तत्काल संभव नभएको बताएका हुन् । पोखरा विमानस्थलको ऋणको विषयलाई फरक ढगले हेर्न खोजिएको छ । हुन अर्थमन्त्रालयले केही साताअघि चीनलाई ऋण मिनाहको लागि पत्र लेखेको छ । र, प्रधानमन्त्री ओलीले उक्त विषय उठाउन सक्ने पनि बताइएको छ । तर, अहिलेसम्म ऋण मिनाह गर्न सक्ने अवस्था नभएको राजदूतले सन्देश दिएका हुन् ।
त्यसैले, पोखरा विमानस्थल सञ्चालनको विषय थप पेचिलो भएको छ । आर्थिक रुपमा निकै ठूलो भार परेको यो विमानस्थल सञ्चालन हुन नसक्दा आम्दानी पनि छैन । आम्दानी नै नभएपछि कसरी तिर्ने भन्ने गम्भीर प्रश्न रहेको छ । पोखरा विमानस्थल निर्माणको क्रममा करिब १२ अर्ब रुपैयाँ भ्रष्टाचार भएको आरोप छ । त्यसका लागि क्यानका महानिर्देशक प्रदीप अधिकारीमाथि छानविन पनि भइरहेको छ । तर, अख्तियार दुरुपयोग अनुसन्धानज आयोगले छानविनलाई तीव्रता भने दिन सकेको छैन । अधिकारीसँग केही पटक वयान भने लिएको छ ।

प्रतिकृया दिनुहोस