एमसीसीका परियोजनाका परामर्शदाता बीआरआईको कार्यदलको पनि सदस्य
काठमाडौं । अमेरिकी सहायता परियोजनामा परामर्शदाताको रुपमा जागिर खाएका कानुन व्यवसायी चिनियाँ सहायता परियोजना कार्यान्वयन योजनाको मस्यौदामा सहमति गर्ने कार्यदलको सदस्यमा रहेका छन् । कांग्रेसले उनलाई कार्यदलमा राखेको बताइन्छ । दुई विपरीत धारको लडाईमा रहेका देशहरुको प्रतिस्पर्धा परियोजनामा विश्वासिलो बनेर काम गर्ने ती कानुन व्यवसायी भने सेमन्त दाहाल हुन् ।
प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारी गरिरहेका बेला बीआरआई परियोजनामा सहमति गर्ने तयारी भइरहेको छ । उक्त तयारीका क्रममा बीआरआई परियोजना कार्यान्वयन योजनालाई अन्तिम रुप दिने प्रयास भइरहेको छ । त्यसैले, एमाले र कांग्रेसले कार्यदल बनाएर सहमतिन जुटाउने प्रयास गरेका छन् । दुुई दलले एकै धारणा बनाई बीआरआईमा सहमति गर्ने प्रयास भइरहेको छ । उक्त प्रयासका क्रममा गठन भएको अनौपचारिक कार्यदलमा एमालेले युवराज खतिवडा र विष्णु रिमाललाई जिम्मा दिएको छ भने कांग्रेसले महामन्त्री गगन थापा र कानुन व्यवसायी दाहाल रहेका छन् । त्यसैले अहिले चासोका साथ हेरिएको छ ।
नेपालमा एमसीसी कार्यान्वयन गर्नपर्छ भन्दै वकालत गर्ने दाहाल तलबी परामर्शदाता रहेका थिए । त्यतिबेला एमसीसीको विरोधमा चीनले भूमिका खेलेको थियो । अहिले चीनले बीआरआइलाई अगाढि बढाउन खोज्दा अमेरिकी लाइन विरोधमा देखिएको छ । त्यस्तो बेलामा दाहाल दुवै परियोजनाका लागि फिट देखिएका छन् ।

प्रतिकृया दिनुहोस