• बिहीबार-मङ्सिर-६-२०८१

प्रतिरक्षा शक्ति बढाउने यी चिज

 

मौसम परिवर्तन र वायु प्रदुषणका कारण स्वास्थ्यसँग सम्बन्धित समस्या देखिन सक्छ । यस्तो अवस्थामा शरीरको प्रतिरक्षा बढाउनका लागि र रोगबाट बचाउनका लागि स्वास्थ्यवद्र्धक र पोषकयुक्त चिज आफ्नो भोजनमा समावेश गर्नुपर्दछ ।


–प्रतिरक्षा बढाउनका लागि बदाम, काजु, पिस्ता, किसमिस तथा ओखरजस्ता ड्राइफ्रुट्सहरुको भोजनमा समावेश गर्नु उपयुक्त हुन्छ । यसमा राम्रो मात्रामा पोषकतत्व हुन्छ । 


– अमलामा भिटामिन सी, एन्टी–अक्सिडेन्ट तथा एन्टीब्याक्टेरियल गुण हुन्छ । यसको सेवनले शरीरमा प्रतिरक्षा बढाउनकाु साथै चिसो–खोकी लाग्ने समस्यामा राहत प्रदान गर्दछ । 


– अदुवामा एन्टी–ब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी तथा एन्टी–अक्सिडेन्ट गुण हुन्छ । यसको सेवनले शरीरको प्रतिरक्षा विकास हुन्छ र रोगबाट बचाउन मद्दत गर्दछ । 


– घ्यूमा राम्रो मात्रामा पोषकतत्व हुन्छ । भोजनमा यसको समावेशले प्रतिरक्षा बलियो बनाउन सकिन्छ । 


– महमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमटरी गुण हुन्छ । यसले शरीरमा प्रतिरक्षा बुस्ट गर्न मद्दत गर्दछ र इन्फेक्सनबाट बचाउँछ । 


–बेसारमा एन्टीब्याक्टेरियल, एन्टी अक्सिडेन्ट र एन्टीइन्फ्लेमटरी गुण हुने गर्दछ । दुध र बेसार मिलाएर पिउन सकिन्छ । यसले अन्य विभिन्न रोगहरुबाट पनि बचाउन मद्दत गर्दछ । 


– औषधीय गुणले भरिपूर्ण निम र तिलको सेवन गर्न सकिन्छ । निम र तुलसीको पत्ता चपाएर खान पनि सकिन्छ । यसले प्रतिरक्षा विकास गर्नुका साथसाथै रोगबाट बचाउन पनि मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)
 

प्रतिकृया दिनुहोस