• बिहीबार-मङ्सिर-६-२०८१

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।


सार्वजनिक मूल्य अनुसार आज आलुको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु आज ७० रुपैयाँमा झरेको छ । भारतीय रातो आलु पनि प्रतिकिलो ७० रुपैयाँ छ ।


पछिल्लो समय साग पनि सस्तिएको छ । एक साताअघि १ सय रुपैयाँ प्रतिकिलो रहेको रायो साग अहिले ६० रुपैयाँमा झरेको छ । त्यस्तै पालुंगो साग १००, चमसुरको साग १२०, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ ।


त्यस्तै प्याजको भाउ स्थिर रहेको छ । प्रतिकिलो अधिकतम ११० रुपैयाँमा प्याजको कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार स्थानीय काउली १२०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, तने बोडी १६०, मकैबोडी ७०, घिउ सिमी १२५ रुपैयाँ प्रतिकिलो छ ।


लौका १००, परवर १००, घिरौंला ८०, तिते करेला १००, भिन्डी १४०, बरेला ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ३५० तथा कुरिलो प्रतिकिलो १२०० रुपैयाँ छ ।

 


 

प्रतिकृया दिनुहोस