लघुवित्त पीडितद्वारा गाउँगाउँबाट वित्तीय माफियाहरुलाई लखेट्ने घोषणा
२०८१ मंसिर ४ गते, काठमाडौं, सरकारले आफ्ना माघ पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तीय संस्था लखेट्ने घोषणा गरेको छ । मंसिर ४ गते मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई गैर जिम्मेवार नबन्न चेतावनीसमेत दिएको छ ।
सो कार्यक्रममा प्राडा सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरुलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाए । केसीले लघुवित्त पीडितहरुको प्रतिवेदन सरकारले सार्बजनिक र कार्यानवयन गर्नुपर्ने धारणा राख्दै भने,“सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यिनै पीडितको आन्दोलन चुनौती बन्ने निश्चित छ ।”
समितिका अध्यक्ष मनिराम ज्ञावालीले नेपाल सरकार नेपाल राष्ट्र बैंको डेपुटी गभर्नर निलम ढुङगाना तिमिसिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले लघुवित्त पीडित प्रतिवेदन २०८१ असार २६ गते पारित प्रतिवेदनलाई सार्बजनिक र कार्यान्वयन गर्न माग गरेका छन् । सरकारले त्यसो नगरेकाले थप मागहरुसहित समग्र वित्तीय शोषणको विरुद्धमा आउने २०८१ चैत ५ गतेदेखि काठमाडौं केन्द्रीकृत आन्दोलन गर्ने घोषणा गरेका छन् ।
अध्यक्ष ज्ञवालीले माग पूरा नहुनजेल आन्दोलनमा जुट्न लघुवित्त, बैंक, सहकारी र मिटर ब्याजी पीडितहरुलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरेका छन् । ज्ञवालीले वित्तीय शोषण विरुद्धको संघर्षमा आफूहरु संस्थापन पक्ष रहेकाले पनि सबैलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी वित्तिय शोषणको अन्त्य गर्नका लागि एकजुट हुन अनुरोध गरे ।
लघुवित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समिति नेपालका संरक्षक अगस्त अधिकारीले सरकारले आफ्ना आवाजहरुलाई कुल्चने कुचेष्टा गरे गाउँगाउँबाट वित्तिय शोषकहरुलाई लखेट्ने चेतावानी दिए ।
नेसन फस्र्टका संयोजक डा.नन्द प्रसाद काप्रीले वर्तमान केपी ओली सरकार जनताको पक्षमाभन्दा, दलाल, भ्रष्टहरुको पक्षमा रहेको आरोप लागउँदै भने,“बैंक,लघुवित्त, सहकारी र मिटर ब्याजी पीडितले आवाज उठाउँदा जेल काेच्दै छ, अब पीडितको आन्दोलनको भेलले ओली सरकार बगाउने दिन टाढा छैन ।”
राष्ट्रिय स्वयमसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले वित्तिय माफियाहरुसँग लड्न सम्पूर्ण तयारी पूरा गरिएको घोषणा गर्दै सरकारलाई चेतावनी दिए ।
सो समितिका प्रशिक्षण विभाग प्रमुख मणिप्रसाद चौलागाईले तीन वर्षदेखि लगातार आन्दोलन गर्दा पनि नसुन्ने सरकार जनता भन्दा पनि वित्तिय माफिया, भ्रष्टाचारी र तस्करहरुको संरक्षक भएको आरोप लगाए । चौलागईले त्यसका विरुद्ध जस्तोसुकै लडाईका निम्ति आम जनतालाई तयार हुन अनुरोध गरे । सो कार्यक्रमलाई राष्ट्रिय स्वयमसेवक नेपाल कोशी प्रदेशका संयोजक दिलीप ग्राङ्जा मगरले गरेका थिए ।

प्रतिकृया दिनुहोस