• सोमबार-मङ्सिर-३-२०८१

माओवादी पदाधिकारी बैठक बस्दै, स्थानीय तह उपनिर्वाचनवारे छलफल हुने

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । 

 

महाधिवेसनवाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखि आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ । 

 

साथै, मंशिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ । 

 

सो पार्टीको गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २–७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।
 

 

 

प्रतिकृया दिनुहोस