शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
काठमाडौँ, १ मङ्सिरः “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा विश्वस्तरीय खेलाडीहरूले देखाएको चासो र उनीहरूको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ,” गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले रासससँगको कुराकानीको सुरुआतमा भन्नुभयो।
‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहनुभएका उहाँको व्यस्तता पनि त्यस्तै बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ। “प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडीहरूको अनुबन्धन र प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय ब्रोडकास्टर र खेलाडीहरूको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ।”
एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले रु १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ मा खरिद गरेको हो। जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरूको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताको रूपमा स्थापित गरेको उहाँको बुझाइ छ।
दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आउनुभएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ। “विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनी क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ,” उहाँले भन्नुभयो, “अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्याएको हो।”
स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उहाँ कुनै समय तेक्वान्दो खेलाडी हुनुहुन्थ्यो। त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उहाँको अनुभव छ। विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’ समेत हुनुहुन्छ।
अध्यानका सिलसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुग्नुभएका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ। सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आउनुभएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिस्ट्रेसन पढ्न सिङ्गापुर गएका थिए र सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया जानुभएको हो।
अष्ट्रेलियामा ‘माइग्रेसन’को पढाइ सकाएर सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रमा व्यवसायमा हात हाल्नुभएका उहाँले कुनै समय पाँच वटा रेष्टुरेन्ट पनि सञ्चालन गर्नुभएको थियो। उहाँलाई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ। भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरूलाई अवसर प्रदान गर्ने योजना रहेको उहाँले सुनाउनुभयो। यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उहाँको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ।
विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सिर्जना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उहाँको भनाइ छ। महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङकङमा आयोजना गर्दैछ। जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो।
शाहको परिचय व्यवसायीका रूपमा मात्रै सीमित छैन, उहाँले केही चलचित्रमा नायकको भूमिकामा अभिनय समेत गर्नुभएको छ। नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गर्नुभएका उहाँले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गर्नुभयो।
सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ छ वर्ष काम गर्नुभयो। सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतअन्तरले पराजित हुनुभयो भने सन् २०२३ मा काठमाडौँमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित हुनुभएको हो।
नेपाली क्रिकेटप्रतिको माया
अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहनुभएको छ। विश्व क्रिकेटमा नेपाली खेलाडीहरूले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उहाँलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ। उहाँ आफैं पनि नेपाली क्रिकेटका ठूला प्रशंसक हुनुहुन्छ।
“गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रशंसा योग्य छ,” उहाँले भन्नुभयो।
क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्याएको उहाँको भनाइ छ। “नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्यो,” उहाँले भन्नुभयो, “नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरो लागि अवसर बन्यो।”
शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन्। यस प्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ। तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौँमा मात्रै सञ्चालन हुँदैछ। अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी हुनुहुन्छ।
“एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढी लगायतका स्थानमा निर्माणाधीन क्रिकेट मैदान पूरा भएपछि खेलाडीलाई सहज हुनेछ,” उहाँले भन्नुभयो, “एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ।”
उहाँ अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा आबद्ध हुनुहुन्छ। भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उहाँको भनाइ छ।
उहाँले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रूपमा भित्र्याउनुभएको छ। यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ। जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ। उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन्।
साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन्।

प्रतिकृया दिनुहोस