माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध प्रदर्शन गरेका छन् । आइतबार सांसद बजगाईँले माइतीघर मण्डलामा विरोध सभा नै गरेर महँगिएको हवाइ भाडाको विरोध गरेका हुन् ।
सांसद बजगाईँले महँगो हवाइ भाडाको विरोध गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आलोचना गरेका थिए । उनले यस्तो अवस्थामा सरकार मुकदर्शक भएर बस्नु लज्जाजनक भएको बताउदै विदेशिन बाध्य नेपाली दाजुभाई दिदीबहिनीमाथि महँगो भाडा थोपरिएको बताए ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम शुरु भएकाले रातिको १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनिहरुले उडान कटौती गर्दै भाडादर बढाएका छन् ।

प्रतिकृया दिनुहोस