• बुधबार-कार्तिक-२८-२०८१

निर्वाचनमा पराजित भएपछि माओवादी उपमहासचिव पोखरेल गृह क्षेत्रमा के गर्दैछन् ?

 

महोत्तरी । सधैभरी सत्ता र शक्तिमा रहेका माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व सिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेल २०७९ को निर्वाचनमा पराजय वेहोरेपछी के गर्दै छन् भन्ने आम चासो छ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित वनेपछि धेरैले फरक अडकलवाजी पनि गरेका थिए ।

 

अनअपेक्षित र अस्वभाविक पराजय व्यहोरेका पोखरेल गृह जिल्ला नफर्किने र जनतासँगको  सम्बन्ध  यथास्थितिमा नरहने भन्ने अडकलवाजीका विच निर्वाचन समापनसँगै मतदाताहरुलाई धन्यवाद दिन ‘मुस्कान सहितको धन्यवाद’ भन्ने नारासहित घरदैलोमा पुगे ।

 

निर्वाचित संसदको भूमिकामा नरहेतापनि निरन्तर त्यसयता विकासको लागि पहलकदमी र जनतासँगको सम्बन्धलाई यथावत राखिराखेका उपमाहासचिव पोखरेललाई लिएर अहिले  आम मानिसको सहानुभूति र आकर्षण ह्वात्तै बढेको देखिएको छ ।

 

 

‘उन्ले महोत्तरी क्षेत्र नं. १ लाई शैक्षिक गन्तब्य वनाउन खेलेको उपलब्धि, दिर्घकालिन विकासका योजनाका आधारहरु, सुशासन र समृद्धका गुरुयोजनाहरु धरासायी वन्दै गएपछि पोखरेलप्रतिको भरोसाको हामीलाई महसुस भईरहेको छ ।’ गौशालाका स्थानीय विनय महतोले भने । ‘अहिलेका माननीय र पहिलेमा त आकाशपाताल नै फरक छ नी !’

 

संघिय संसद कोइरीको नेतृत्व र पहलकदमी निक्कै कमजोर वनिरहेको वेला पोखरेलको घरदैलो र केन्द्रमा  क्षेत्र न.१ को लागि गरेको  कामले कतिपयले आसन्न निर्वाचनको तयारी र अभ्यास भएको प्रतिक्रिया दिएका छन् । तर नेता पोखरेल यसलाई अस्विकार गर्दै भन्छन – ‘कसैले पनि त्यसरी बुझ्न हुँदैन । म संसद हुँदा होस या नहुँदा मैले गर्ने जिम्मेवारी सम्मान हुनुपर्छ । नेताहरु निर्वाचनमुखी मात्र हुनुपर्छ वा हुन्छन  भन्ने गलत वुझाई रहनुहुँदैन ।’

 

यो चाडपर्वको अवसरमा पनि पोखरेलले अधिकांश समय गृह जिल्लामा नै विताए । बर्दिवास-३ स्थित आधारशिलामा स्थायी बसोबास गर्ने पोखरेल दशैँ, तिहार र छठको अवसरमा जनताको घरदैलोमा पुगे र सुभकामना साटासाट गरे ।

 

 

‘नेता पोखरेल घरमा आएर प्रसाद ग्रहण गरिदिनु भयो । निक्कै खुसी लाग्यो ।’ नेकपा एमालेका युवा नेता देवनारायण महतोले भने ।‘पहिले संसद र मन्त्री हुँदा नगएका ठाँउहरुमा पनि  पुग्नु भएछ । राजनीति सुजबुझ र विकासप्रति दृष्टिकोण भएको पोखरेल जत्तिको नेता अरु छदै छैनन ।’

 

माओवादी केन्द्रको आधार ईलाकाकोरुपमा चिनिने महोत्तरी क्षेत्र नं.१ मा पार्टीको  सांगठनिक मत मात्र हैन गठबन्धन कांग्रेस र लोसपाको मत समेत पोखरेललाई जाने सुनिश्यतका वावजुत पनि उन्ले व्यहोरेको पराजय निक्कै अस्वाभाविक वन्न पुग्यो ।

 

 ‘तर विजयी भएका प्रतिनिधिहरुको समेत सन्तोषजनक कामहरु नदेखिदा पोखरेलको पराजयलाई लिएर धेरै मान्छेहरुले आत्माआलोचना  गर्न थालेका छन् ।’ नेपाली कांग्रेसका नेता भोज प्रसाद फुयाल भन्छन ।’ मत जसले कोईरीलाई हालेका थिए उनीहरु प्रश्ताप गर्न थालिसके, चिया चौतारामा यस्तै विषयमा कुरा भएको सुनिन्छ ।’

 

स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री  वनेर सरकार र शक्तिमा रहेका पोखरेलले महोत्तरी क्षेत्र नं. १ बर्दिवास र गौशाला नगरपालिकालाई शैक्षिक शहरकोरुपमा रुपान्तरण गरेका छन् । परिणामस्वरुप अहिले बर्दिवासमा मात्र ७० जिल्लाका विद्यार्थीहरु आएर अध्यन गर्ने गनतब्य वनेको छ ।

 

‘बौद्विक र दुरदृष्टि नेताकारुपमा चिनिने पोखरेललाई आम मानिसहरुले चिन्न सक्नुपर्छ र यो क्षेत्रको समृद्वी सिर्जना गर्न अवसरकोरुपमा उनलाई लिन सक्नुपर्छ ।’ बर्दिवासका स्थानीय इश्वर वस्नेत भन्छन – ‘हामीले यो कार्यकाल संसदीय भूमिकावाट गुमाएतापानी अनवरत उन्ले गरेको काम देख्दा कोइरी संसद हो र ? जस्तो पो लाग्छ ।’

 

पोखरेल विपक्षी पार्टीका नेता कार्यकर्ताहरुको घर-घरमा पुगेको तस्विरहरु सार्वजनिक भईरहेको वेला माओवादी केन्द्रको खस्कदो सांगठनिक अवस्थामा सुधार आउने विस्वास समेत गरिएको छ  ।

 

माओवादी केन्द्रको क्षेत्र नं. १ वालियो आधार ईलाका मानिएतापनी आन्तरिक कलहले पछिल्लो समय कमजोर वन्दै गएको देखिएको छ । २०७४ मा गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र संघमा माओवादी केन्द्रले नै जितेको थियो तर अहिले स्थानीय तह, प्रदेश, संघ सवै नै गुमाएको छ । २०७९ को निर्वाचनमा जसपावाट मनोनयनको अघिल्लो रात लक्ष्मी महतो कोइरीलाई एमाले प्रवेश गराएर मनोनयन दर्ता गराएको थियो । कोइरीले २३ हजार ४ सय २ मत सहित १ हजार ३० मतको मतान्तरले पोखरेललाई पराजित गरेका थिए । पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस