दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी सुरुवात
काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ६१ रनले पराजित गरेको हो । भारतले दिएको २०३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १७.५ ओभरमा अल आउट हुँदै १४१ रन मात्र बानाएको थियो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २५, गेराल्ड कोएत्जीले २३ बाहेक अन्य ब्याट्सम्यानले योगदान दिन असफल भएका थिए । दक्षिण अफ्रिकाको ब्याटिंग ध्य्वस्त गर्नेक्रममा भारतीय बलर बरुण चक्रवर्ती र रवि विस्नोईले ३-३ विकेट लिएका थिए भने आवेश खानले २ तथा अर्शदीप सिंहले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले १०७ रन बनाएका थिए भने तिलक बर्माले ३३, कप्तान सुर्यकुमार यादवले २१, रिंकु सिंहले ११ रन बनाएका थिए ।
भारतको यो जितपछि ४ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

प्रतिकृया दिनुहोस