• बिहीबार-कार्तिक-२२-२०८१

लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी

 

काठमाडौँ । ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

यस अघि युएईले पहिला ब्याटिंग गर्दै २५.३ ओभरमा अल आउट हुदै ७८ रन मात्र बनाएको थियो । यो जितपछि ओमानले लिग-२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएईको भने लिग-२ मा यो आठौँ हार हो । १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ ।
  

प्रतिकृया दिनुहोस