• बिहीबार-कार्तिक-२२-२०८१

ओलीको चीन भ्रमणको कमाण्डर किन बनाइयो आरजुलाई ? 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो मंसिर १७ गते ४ दिने चीन भ्रमणमा जाने  तयारी गरेका छन् । चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा चीन जान लागेका प्रधानमन्त्री ओलीका कमाण्डर भने परराष्ट्रमन्त्री आरजु राणा  भएकी छिन् । कांग्रेस र एमालेको गठबन्धन संयन्त्रले राणालाई कमाण्डर बनाएको हो । कांग्रेस र एमालेवीच असन्तुष्टि बढेको चर्चा भएकै बेलामा कात्तिक १५ गते संयन्त्र बनाएका थिए । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको संयन्त्र   बनेको थियो । त्यही संयन्त्रले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई अनुमोदन गरेको थियो र भ्रमणको तयारी गर्ने जिम्मा आरजुलाई लगाएको छ ।

 

परराष्ट्र  मन्त्री भएपछि आरजुले चीन भ्रमण भने गरेकी छैनन् । सुरुमै भारत भ्रमण गएकी आरजुले प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण बनाउने अपेक्षा थियो । उनको प्रयास नभएको पनि होइन तर भारतले  ओलीलाई निम्ता नगरेपछि चीनतिर जान लागेका हुन् ।चीनको निम्ता आएपछि परराष्ट्रमन्त्री राणाले तयारीको जिम्मा पाएकी हुन् । चीनले पनि आरजु राणालाई भने नजिकै मित्र ठान्ने गरेको छ ।  आरजुले सञ्चालन गरेको युलियन्स स्कूलको भवन निर्माणमा चीनले करोडौं सहयोग गरेको छ । त्यसैले आरजुमाथि चीनको पनि विश्वास रहेको बताइन्छ । भारतसँग पनि राम्रो सम्बन्ध रहेकी आरजुलाई ओलीले जानजान कमाण्डर  बनाएको पनि बताइन्छ  ओलीले भारत धेरै नबिच्कियोस् भन्नका लागि पनि आरजुलाई कमाण्डर बनाएको चर्चा गरिन्छ ।

 

त्यसैगरी, सभापति देउवाको विश्वास कायम राख्नका लागि पनि आरजुलाई भ्रमणको कमाण्डर बनाउनु उपयुक्त देखेर ओलीले  निर्णय  लिको हुनसक्ने पति टिप्पणी भइरहेको छ । यद्यपी,  उनी परराष्ट्रमन्त्री भएका कारणले पनि तयारीको जिम्मा पाउनु स्वभाविक भएको बताइन्छ । सरोकारवाला मन्त्रीको हैसियतमा भ्रमण तयारीको जिम्मा पाएको भन्ने हो भने संयन्त्रले बुँदागत रुपमै आरजुलाई जिम्मा दिने निर्णय गर्नु नपर्ने पनि बताइन्छ । त्यसैले, ओलीको रणनीतिक लाइन अनुसार नै चीन भ्रमणमा आरजुलाई अगाडि देखाउन खोजिएको हो । 

प्रतिकृया दिनुहोस