माओवादी नेताको सम्पत्ति छानविन मागले हलचल
काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेताहरुले पार्टीका नेताहरुको सम्पत्ति शुद्धीकरण अभियान सञ्चालन गर्ने भएका छन् । पार्टीमा अधिक अवसर लिएको र त्यसबाट अकुत सम्पत्ति आर्जन गरेका कारणले उक्त अभियान चलाउन लागेका हुन् । अखिल क्रान्तिकारीको एउटा समूहले उक्त अभियानलाई तीव्रता दिने तयारी गरेपछि माओवादी पार्टीभित्र भने हल्लीखल्ली भइरहेको छ ।
अखिल क्रान्तिकारीको असोजको महाधिवेशन पार्टीका नेताहरुले भाँडिदिएपछि यस्तो विद्यार्थीहरु चर्को विरोधमा उत्रिएका छन् । पार्टीले उमेर हद लागु गर्न प्रयास गरेको थियो । अखिलको नेता हुनका लागि उमेर हद लागु गर्न प्रचण्डले निर्देशन दिएपछि विद्यार्थी नेताहरुवीच भाँडभैलो सुरु भयो । र अधिवेशन नै अनिश्चित कालका लागि स्थगित गरियो । अहिले मंसिरको तेस्रो साता महाधिवेशन फेरी सुरु गर्ने तयारी भइरहेको छ । त्यो भन्दा अघि नै विद्यार्थी नेता केशव साउदहरुको टोलीले सम्पत्ति छानविनदेखि अवसरको हदबन्दी लागू गर्नुपर्ने अभियानका कारण पार्टीभित्र हल्लाखल्ली भएको हो ।
केशबहरुको टोलीले सामाजिक सञ्जालमा दशैअघि नै उक्त अभियान सुरु गरेका थिए । नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, वर्षमान पुन जनार्दन शर्मा, शक्ति बस्नेत, अग्नि सापकोटालगायत दर्जनौ नेताहरुको नाम र फोटोसहित अवसरमा हदबन्दी लागू गुर्नुपर्ने अभियान चलाएका थिए । अहिले फेरी सम्पत्ति छानविन गर्नुपर्ने विषय विद्यार्थी नेता केशवहरुको टोलीले उठाएपछि माओवादीभित्र पेचिलो अवस्था आएको हो ।

प्रतिकृया दिनुहोस