• शुक्रबार-पौष-१९-२०८१

मौसम फलको जुस पिउनुका यी फाइदा

 

मौसमको जुस शरीरका लागि निकै फाइदाजनक मानिन्छ । तौल घटाउन र शरीरको मेटाबोलिज्म बढाउन यो एकदमै फाइदाजनक रहन्छ । यसमा कम क्यालोरी हुन्छ र यसको नियमित सेवनले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न र तौल घटाउन मद्दत गर्दछ । विशेषगरी मौसमको जुस महिलाहरुका लागि निकै फाइदाजनक मानिन्छ । जानौं मौसमको जुस पिउनुका यी फाइदा :

 
प्रतिरक्षा बढाउँछ : जब प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, तब रोग लाग्ने खतरा बढी हुन्छ । मौसममा पाइने भिटामिन सी र अन्य एन्टिअक्सिडेन्टहरूले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ, जसले शरीरलाई संक्रमण र रोगहरूसँग लड्न शक्ति दिन्छ ।


छालामा चमक ल्याउँछ : यसमा भिटामिन सी उच्च मात्रामा पाइन्छ, जुन छालाको स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । यसले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ र छालालाई स्वस्थ र चम्किलो राख्छ । मौसमको जुसले छालालाई सुख्खा हुन दिँदैन र छालाको दाग पनि कम गर्छ । मौसमको जुस पिउनाले छालामा निखार आउँछ ।


पाचन प्रणाली सुधार : महिलाहरुमा पाचन सम्बन्धी समस्या सामान्य हुन्छ । मौसममा पाइने प्राकृतिक तत्व र फाइबरले पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । यसले कब्जियत, एसिडिटी र पेटसँग सम्बन्धित अन्य समस्याहरू हटाउन मद्दत गर्छ । साथै मौसमको जुसले ग्यास्ट्रिकको समस्यालाई नियन्त्रण गर्न पनि मद्दत गर्छ ।


रक्तअल्पताको रोकथाम : महिलाहरुमा विशेषगरी महिनावारीका कारण शरीरमा रगतको कमी हुन्छ । मौसमले शरीरमा फलामको आवश्यकता पूर्ति गरेर रगत निर्माण गर्न र शरीरबाट रक्तअल्पताको समस्या हुन नदिन राम्रो भूमिका खेल्दछ । साथसाथै, यसको नियमित सेवनले हेमोग्लोबिनको मात्रा बढाउन सकिन्छ ।


मौसमको सेवन महिलाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । छाला, कपाल, हाड र पाचन प्रणालीमा सुधारका साथसाथै यसले तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ । यसलाई आफ्नो आहारमा समावेश गरेर स्वास्थ्य सुधार गर्न सकिन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२) 
 

प्रतिकृया दिनुहोस