• शुक्रबार-पौष-१९-२०८१

५ हजार मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र मेरा पिकमा स्वास्थ्य क्लिनिक सञ्चालनमा


काठमाडौं । सोलुखुम्बुको दुर्गम हिमाली भेग  मेरा पिक क्षेत्रमा  स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो ।


मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार मिटर माथिको उचाइमा उक्त क्लिनिक स्थापना गरिएको हो । गाइड, भरिया र स्थानीय बासिन्दा लक्षित ुमेरा क्लिनिकु नामबाट स्थापना गरिएको स्वास्थ्य क्लिनिक शुक्रवार वाट सञ्चालन ल्याइएको हो । 


वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा। मिलन सिंह पाण्डेको नेतृत्वमा सञ्चालित यस संस्थाले महाकुलुङ क्षेत्रका दुर्गम भूगोल र कठोर जीवनयापनलाई सहज बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको प्रतिक्रिया दिएका छन् । 


विश्व प्रसिद्ध हिमाली सौन्दर्य र चुनौतीपूर्ण भूगोलको प्रतीक मेरा पिक क्षेत्र साहसिक पर्यटनको हब बन्दै गर्दा स्वास्थ्य क्लिनिकको स्थापनाले थप सहज भएको स्थानीयको प्रतिक्रिया रहेको छ । स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामीको जोखिमका कारण मेरा पिकका लागि आउने भरिया, गाइड, र पर्यटकले असुरक्षित महसुस भएको बताउँदै आए पनि क्लिनिकको स्थापना पछि सहज हुने टुरिस्ट गाइडु नुरु शेर्पा बत्ताउँछन् । 


क्लिनिकको स्थापना अघि यस क्षेत्रबाट नजिकको स्वास्थ्य सेवा लिनका लागि मात्र चार दिनको लामो पैदल यात्रा तय गर्नु पर्ने थियो । अब भने उक्त ४ दिने सकसपूर्ण बाटो तय गर्नु पर्ने छैन । 


साधारण चिकित्सा परामर्श, आकस्मिक औषधि सेवा, प्रसूति, स्त्रीरोग तथा फोरेन्सिक चिकित्सा जस्ता सेवाहरू प्रदान गर्ने यस क्लिनिकले आवश्यक पर्ने सेवा निःशुल्क उपलब्ध गराउने छ । भरियाहरूका लागि विशेष सुविधा उपलब्ध गराएर उनीहरूको जीवनको सुरक्षामा थप योगदान पु¥याउने लक्ष्य पनि क्लिनिकले लिएको छ । 


यस क्षेत्रमा विगतमा स्वास्थ्य सेवाको अभावकै कारण बर्सेनि धेरैले ज्यान गुमाइरहेको र  मौसम खराब हुँदा हेलिकप्टर उद्धार सम्भव नभएपछि, गम्भीर बिरामीहरूले जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यतालाई चिर्न क्लिनिक सफल हुने वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा . मिलन सिंह पाण्डे बताउँछन्। 


क्लिनिकले महिला स्वास्थ्यको लागि पनि सेवा उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस