• शुक्रबार-कार्तिक-१६-२०८१

पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक

 

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

 

रुबेन जुन २०२७ सम्मका लागि प्रशिक्षक बनेको म्यानचेस्टर युनाइटेडले आधिकारिक जानकारी दिएको हो । ३९ बर्षीय रुबेन हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक थिए । रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकरी दिएको छ ।  

 

क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो । रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंगसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ । 

 

२०२० को मार्च देखि स्पोर्टिंगको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिंगलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् । रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३-४-३ फर्म्याटमा खेलाउँदै आएका छन् ।         

 

 

प्रतिकृया दिनुहोस