• शुक्रबार-पौष-१९-२०८१

बर्दिबासमा खानेपानी उपभोक्ता समितिविरुद्धको रिटमा कारण देखाउ आदेश

 

महोत्तरी । महोत्तरीको बर्दिवासमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय सहितलाई प्रतिवादी वनाएर जनकपुर उच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

 

कार्यालय सहित ११ जनाविरूद्व फर्जी विधानको आडमा आर्थिक अनियमितता र अपचलन भएको प्रमाणसहित दायर भएको रिटमाथि १५ दिन भित्र उपस्थित भएर आदेश जारी नहुनुपर्ने कारण पेस गर्न प्रतिवादीहरुलाई  उत्प्रेषण मिश्रित परमादेश जारी गरेको हो ।

 

फर्जी साधारणसभाको आडमा विधान वनाएर निर्वाचित कार्यसमिति मध्येका कोषाध्यक्ष र सचिवलाई हटाएर आर्थिक कारोवार गरेर अपचलन र अनियमितता गरिरहेको भन्दै कोषाध्यक्ष भोज प्रसाद फुयालले मंगलबार रिट दायर गरेका थिए ।

 

निवेदनमा खानेपानी संस्था, अध्यक्ष भुलन सेन, उपाध्यक्ष राजेन्द्र थापा, सचिव उदय बहादुर भण्डारी, सदस्य हेमा कुमारी थापा, सुविज्ञा ठकुरी, बर्दिबास नगरपालिकाको कार्यालय, नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, कार्यालय प्रमुख गरी ११ जनालाई प्रतिवादी बनाइएको छ ।

 

आदेश जारी भएको १५ दिन भित्र प्रतिवादी नं. १० र ११ लाई सरकारी वकिलको कार्यालय मार्फत लिखित वयान र अन्य प्रतिवादीहरुको हकमा आफैँ वा कानूनी प्रतिनिधिको उपस्थितिमा लिखित बयान पेस गर्न न्यायधीश गिता प्रसाद तिमल्सिनाको इजलासले आदेश जारी गरेको हो ।

 

यसअघि पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले साधारणसभाको नाममा भएको विधानलाई अवैधानिक ठहर गरेको थियो । प्रक्रिया सम्पन्न नगरी साधारणसभा फर्जी नै देखिएको बताउँदै जिल्ला प्रशासन कार्यालयले संस्थाको विधान २०६३ अनुसार काम गर्न निर्देशन दिएको थियो ।

 

तर निर्वाचित कोषाध्यक्ष भोज प्रसाद फुयालको हस्ताक्षर विना र आर्थिक कारोवारलाई समेत अहिलेसम्म अध्यक्ष भुलन सेनले निरन्तरता दिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई नै आधार मान्ने हो भने पनि अहिले संस्थाले गरिरहेको कामहरु अवैधानिकतर्फ उन्मुख भएको देखिएको छ ।

 

रिटमाथि निवेदकको तर्फवाट बिष्णु कार्कीले बहस गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस