• बुधबार-कार्तिक-२१-२०८१

श्रीमतीले जबर्जस्ती रक्सी खुवाएपछि...! 

प्रतिकात्मक फोटो

 

छिमेकी मुलुक भारतको उत्तर प्रदेशको झाँसीमा महिला प्रहरी चौकीद्वारा सञ्चालित पारिवारिक परामर्श केन्द्रमा श्रीमान्–श्रीमतीबीच झगडाको कारण सुनेर त्यहाँ उपस्थित मानिसहरु समेत छक्क परे । त्यहाँ एकजना व्यक्तिले आफ्नी श्रीमतीले रक्सी पिउने र आफूलाई समेत जबर्जस्ती पिउन लगाएको आरोप लगाए । रक्सी नपिउने श्रीमान श्रीमतीको यो जबर्जस्तीबाट दिक्क भएर उनले श्रीमतीलाई मामाघरमा छाडेका थिए । यस विषयमा श्रीमतीले गुनासो गरेपछि प्रहरीले श्रीमान श्रीमतीलाई पारिवारिक परामर्श केन्द्रमा पठाएको थियो ।


परामर्श केन्द्रमा उनीहरुबिच झगडा समेत भएको थियो । श्रीमतीले दिनहँु रक्सी पिउने र आफूलाई पनि पिउन बाध्य बनाएको आरोप श्रीमानले लगाएका थिए । श्रीमानले हरेक दिन आफूले रक्सी पिउन नसक्ने र श्रीमतीले पिउनका लागि जबर्जस्ती गर्ने गरेको पनि बताए । त्यसैगरी, श्रीमान्ले श्रीमतीले एकैपटक तीन–चार पेग पिउने गरेको र रक्सी खान पटक्कै मन नपर्ने गरेको आरोप लगाएका छन् । अचम्मको कुरा के छ भने श्रीमतीले सबै आरोप स्वीकार गरेकी छिन् । यी जोडीको दुई महिनाअघि विवाह भएको थियो ।

 

श्रीमान्का अनुसार उनको श्रीमतीले सुरुमा पिउँदा पहिलो पटक रक्सी पिउन लागेको बताएकी थिइन । त्यसपछि निरन्तर रक्सी पिउन थालेकी हुन् । पछि आफूलाई पनि निरन्तर पिउन बाध्य बनाएको श्रीमान् गुनासो गर्छन् । श्रीमतीको यो बानीबाट चिन्तित भएर उनले घरसमेत छाड्न बाध्य भएको उल्लेख गरे । परामर्श पछि यी दम्पत्तिलाई परिवारका सदस्यहरुलाई बुझाइएको छ । यी दम्पत्ति परामर्शपछि सँगै बस्न राजी भएका छन् ।  –एजेन्सी (साँघु साप्ताहिक, २०८१, कात्तिक १२)
 

प्रतिकृया दिनुहोस