• शुक्रबार-कार्तिक-९-२०८१

यी रोग महिलाका लागि खतरा

 

उमेर बढेसँगै शरीरमा अनेक समस्याको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी महिलालाई लाग्ने रोग मध्ये यी रोगको खतरा बढी हुने गर्दछ । त्यसैले महिलाहरुमा यी रोगको खतरा बढी हुने भएका कारण समयमै सतर्क रहने र समस्या गम्भीर हुनुपूर्व नै उपचार गराउनु राम्रो हुन्छ । 


पोलिस्टिक ओभरी सिन्ड्रोम : यो एउटा हर्माेन अभावका कारण पाठेघरमा देखिने समस्या हो । यस समस्यामा महिलाको शरीरमा पुरुषमा हुने हर्माेन बढ्न जान्छ र महिनावारी अनियमित हुन जान्छ । जसकारण प्रेगनेन्सीका लागि समस्या सिर्जना हुन्छ । 


सर्भाइकल क्यान्सर : यो रोग पाठेघरको मुखको समस्या हो । यसले महिनावारीमा बढी रगत जाने हुन्छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभीका कारण सर्भाइकल क्यान्सर हुन जान्छ । 


स्तन क्यान्सर : महिलामा स्तन क्यान्सरको समस्या पनि सामान्य हो । यस समस्यामा स्तनको आकारमा परिवर्तन हुने, छाला सुख्खा हुने र स्तन रातो र सुन्तला जस्तो देखिने हुन्छ । 


अटोइम्युन डिजिज : अटोइम्युन डिजिज सामान्यतया महिलामा बढी हुने गर्दछ । यस्तो अवस्थामा दुखाई, हल्का रुघाखोकी, छालामा जलन, श्वास फेर्न समस्या हुने जस्ता समस्याहरु देखापर्छन् । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११)
 

प्रतिकृया दिनुहोस