• मंगलबार-कार्तिक-६-२०८१

मुश्किलमा एकता कपूर


काठमाडौँ । बलिवुडकी निर्माता एकता कपूरविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एकताको निर्माण कम्पनी अल्ट बालाजीको वेब सिरिज ‘गन्दी बात’मा नाबालिग किशोरीहरूको बोल्ड दृश्यलाई लिएर यो मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। आरोप लगाइएको विशेष भाग अब प्रसारण गरिएको छैन। 'अल्ट बालाजी'को यस वेब सिरिजमा बोल्ड सामग्री रहेको र धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ।

 

एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध पोक्सो ऐन (प्रोटेक्शन अफ चिल्ड्रन फ्रम सेक्सुअल अफेन्सेस एक्ट) अन्तर्गत मुम्बईको बोरिवलीस्थित प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ। दर्ता गरिएको मामिलामा भनिएको छ कि फेब्रुअरी २०२१ र अप्रिल २०२१ को बीचमा 'अल्ट बालाजी'मा देखाइएको वेब सिरिज 'गन्दी बात'मा नाबालिग किशोरीहरूको बोल्ड दृश्य देखाइएको थियो।

 

शोमा युनिफर्ममा स्कुलका बालबालिकालाई चुम्बन गरेको र चुरोटको विज्ञापन प्रयोग गरेर महापुरुष र सन्तहरूको अपमान गरिएको उजुरीमा उल्लेख छ। मुम्बईको सत्र अदालतको आदेशमा एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध एफआईआर दर्ता गरिएको छ।

 

यस वेब सिरिजमा परेको उजुरीमा अर्को आरोपमा चुरोटको विज्ञापन प्रयोग गरेर महापुरुष र सन्तहरूको अपमान गरिएको छ, र यी दृश्यमा आपत्तिजनक र भावनात्मक कुराहरू पनि भनिएको छ।

 

बालबालिकाहरूलाई यौन अपराधबाट सुरक्षा दिनको लागि पोक्सो ऐन बनाइएको हो। यसअन्तर्गत विभिन्न किसिमका अपराधका लागि व्यवस्था गरिएको छ। पोक्सो ऐनको धारा १३ र १५ अन्तर्गत बालबालिकासँग सम्बन्धित अश्लील सामग्रीसँग सम्बन्धित अपराधमा सजायको प्रावधान छ। यसअन्तर्गत बालबालिकालाई 'अश्लील प्रयोजन'का लागि प्रयोग गरेमा न्यूनतम पाँच वर्ष र बढीमा सात वर्षसम्म जेल सजाय हुनसक्छ। कसैले बाल अश्लील सामग्री राखेमा वा सङ्कलन गरे तर त्यसलाई नष्ट नगरे वा कुनै अधिकारीलाई खबर गरेमा कम्तीमा ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ। यी आरोपबारे अहिलेसम्म न एकता कपूरले न त उनकी आमाले कुनै बयान दिएका छन्। यस सिरिजका अहिलेसम्म सात सिजन रिलिज भइसकेका छन्।

 

आइएमडिबिले यो शृङ्खलालाई हत्या रहस्य कामोत्तेजक थ्रिलरको रूपमा वर्णन गरेको छ। यसलाई सचिन मोहितेले निर्देशन गरेका हुन्।

प्रतिकृया दिनुहोस