🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी ममतामयी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । मिति २०८२ चैत २५ गते बुधबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मुख्यमन्त्री कार्कीकी आमाको २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगर स्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना पश्चात् फागुन २० गते डा. सन्तोष नेपालसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया समेत गरेको थियो ।

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको जानकारी चिकित्सकले दिएका थिए । उमेरजन्य कारणबाहेक अन्य जटिल स्वास्थ्य समस्या न्यून रहेको पनि बताइएको थियो । तर उपचारकै क्रममा आज झापा गौरादहस्थित आफ्नै निवासमा निधन भएको हो ।

कार्कीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *