🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

काठमाडौँ, १९ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पर्ने भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४७।१२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३३।४५ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६।३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहने तथा सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिकरुपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको निगमले स्पष्ट पारेको छ । घाटा रकम बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *