🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौं, १९ चैत । ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई २०८२ चैत १८ गते  बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ७ हजार ९ सय ७५ रूपैयाँ, ३९ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-७ पाटन सुन्धारास्थित क्याफे एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-७ सुवाल बस्ने ३६ वर्षीय सुमन महर्जन समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ३० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-४ बस्ने ६७ वर्षीय पुष्प राज पन्त लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *