🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?

विराटनगर । आज मिति २०८२ चैत १९ गते बिहीबारबाट देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कोशी प्रदेशमा पनि बिहान ८ बजेबाट सुरु भएको छ । २०८२ सालको एसइईलाई मर्यादित, सुरक्षित र निष्पक्ष रूपमा सञ्चालन गर्न जनशक्ति परिचालन गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।

निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले टेलिफोन संवादमा भने,‘परीक्षा केन्द्र व्यवस्थापनदेखि सुरक्षा, अनुगमन तथा विद्यार्थी सहजी करणसम्मका सबै पक्षमा स्पष्ट कार्य योजना लागू गरिएको छ । आवश्यक परे परीक्षा केन्द्रमै नर्स खटाउने तथा नजिकका स्वास्थ्य संस्थासँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ ।’

परीक्षार्थीलाई सहज बनाउन केन्द्र नजिकै बसोबासको व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । परीक्षा दिन विद्यार्थी अनिवार्य रूपमा विद्यालय पोशाकमा उपस्थित हुनुपर्नेछ भने खुला समूहका परीक्षार्थीले फोटोसहितको परिचयपत्र ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षा अवधिभर मोबाइल फोन, स्मार्ट वाच लगायतका इलेक्ट्रोनिक उपकरण पूर्ण रूपमा निषेध गरिएको छ । सिसिटिभी जडान भएका विद्यालयलाई प्राथमिकता दिँदै अनुगमनलाई प्रभावकारी बनाइएको छ । साथै, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नियमित अनुगमन गरिनेछ ।

उत्तर पुस्तिका सुरक्षा र ढुवानीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने परीक्षा अघि कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरण पनि गरिएको छ । केन्द्रहरूमा प्राथमिक उपचार सामग्री, शौचालय व्यवस्थापन तथा आवश्यक स्थानमा मनोसामाजिक परामर्श सेवासमेत उपलब्ध गराइएको छ ।

यस वर्ष कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्रमार्फत ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८१३ परीक्षा सहायक, १ हजार ६१५ सहयोगी कर्मचारी र ४ हजार ९८० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *