🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे ।

उनले लेखेका छन्,‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं ! नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *