🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कार्यस्थलमा अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयन गर्न सरकारको आग्रह

काठमाडौँ, १६ चैत : सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तरसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक विज्ञप्ति जारी गरी कार्यस्थलको लागि अधिकतम तापको स्तर (मापदण्ड), २०८२ कार्यान्वयन गर्न आग्रह गरेको हो ।

“मापदण्डको प्रभावकारी कार्यान्वयन गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले मर्यादित र सुरक्षित तुल्याउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता तथा श्रमिक र सरोकार भएका सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

विभागले स्वीकृत मापदण्डअनुसार नभएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । सरोकार भएकाहरूको जानकारीका लागि उक्त मापदण्ड विभागको वेबसाइटमा समेत उपलब्ध रहेको विभागले जनाएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *