🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 थापा र तामाङलाई गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि

धरान (सुनसरी), १४ चैतः धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जित्नुभएको छ ।
आज सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गर्नुभयो । विजेता दुवै जनालाई जनही रु २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।
गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा सम्पन्न दौड प्रतियोगिता धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलबारे, सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङमा पुगेर समापन भएको थियो ।
प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर, धनकुटालगायतका जिल्लाबाट करिब पाँच सय धावक–धाविकाको सहभागिता रहेको थियो । जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *