🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिंसामुक्त समाज निर्माणमा सबै पक्षको योगदान आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौँ, ९ चैत : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाजमा महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाज निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका साथै ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । विभिन्न समयमा भएका राजनीतिक सङ्घर्षहरूको परिणामस्वरुप संरचनामा परिवर्तन आएको बताउँदै मन्त्री श्रेष्ठले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सडक बालबालिकाको उद्धार तथा असहाय बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम अघि बढाइएको बताउँदै उहाँले छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान सुरु गर्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्रालयकी सचिव राधिका अर्यालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गर्ने मन्त्रालयले समाजमा सकारात्मक परिवर्तनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठलाई बिदाइ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *