🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आर्मीका रोकायलाई शान्ति म्याराथन उपाधि

लुम्बिनी, ७ चैत: लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन्।

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै शुशिल कुमार शाहीले २ घन्टा १८ मिनेट १६ सेकेन्डमा दौड पूरा गरी हात पारेका छन्। तेस्रो स्थान आर्मीका धावक नरेन्द्र सिंह राउतले प्राप्त गरेका छन्।

प्रतियोगिताको चौथो स्थान चिनियाँ धावक वाङ चीले २ घन्टा २१ मिनेट ५ सेकेन्डमा, पाँचौं स्थान केन्याका धावक जुलियस मुुरेयुकी वाहमले २ घन्टा २३ मिनेटमा दौड पूरा गरी प्राप्त गरेका छन्।

२१ किलोमिटर हाफ म्याराथनमा पहिलो स्थान त्रिभुवन आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा १७ मिनेट १० सेकेन्डमा, दोस्रो स्थान धादिङकी सन्तोषी श्रेष्ठले १ घन्टा १८ मिनेट ४० सेकेन्डमा, तेस्रो स्थान आर्मीकी निशा सार्किले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा हासिल गरेकी छन्। चौथो स्थान आर्मीकी सुनसरी रोकायाले १ घन्टा २१ मिनेट ४६ सेकेन्डमा, पाँचौं स्थान चिनियाँ धाविका रुवान सियाङले १ घन्टा २२ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेकी छन्।

प्रतियोगिताका प्रथम हुनेलाई रु ३ लाख ५० हजार, दोस्रो हुनेलाई रु २ लाख ५० हजार र तेस्रो हुनेलाई रु १ लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो।

त्यसअघि नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनलगायतले पाँच किलोमिटरको ‘वाकथ्रु’ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *