🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

होलीमा पनि सुनसान धनगढी बजार

धनगढी । विगतका वर्षहरूमा उल्लासपूर्ण रूपमा मनाइने होली पर्व यस वर्ष भने सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुनसान देखिएको छ ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले भीडभाडमा रोक लगाएपछि धनगढी बजार क्षेत्र होलीका दिन पनि शान्त बनेको हो । बजार क्षेत्र मात्र होइन, गाउँ–बस्तीमा समेत यस पटक होलीको उत्साह खासै देखिएको छैन ।

बिहानैदेखि सुरक्षाकर्मीको गस्ती बढाइएपछि नागरिकले खुलेर होली खेल्न नसकेको स्थानीयले बताएका छन् । विगतमा तराई क्षेत्रमा फागसहित होली खेल्ने प्रचलन रहे पनि यस वर्ष त्यस्तो दृश्य देख्न नपाइएको धनगढी–राजपुरका मदन रेग्मीले बताए ।

प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *