🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अध्यक्ष प्रचण्डले नै षडयन्त्र गरेपछि अखिल क्रान्तिकारीमा कुर्सी हानाहान

  काठमाडाैं ।  माओवादी निकट विद्यार्थी  संगठन अखिल क्रान्तिकारीभित्र अध्यक्ष प्रचण्डले भाँडभैलो मच्चाएको आरोप लागेको छ । अध्यक्ष प्रचण्डको  आफ्नोतर्फकाे खास उम्मेदवार नभएका कारण उनले सबै उम्मेदवारलाई विभिन्न आश्वसन दिने र उमेर  हदको व्यवस्था गर्न भनेपछि हिंसात्मक कार्य सुरू भएको छ । प्रचण्डको उक्त  आदेशपछि सम्मेलन स्थलमा  कुर्सी  हानाहान समेत भएको छ ।

   प्रचण्डले   आफू अनुकूलको अध्यक्ष बनाउनका लागि  उमेर  हदको व्यवस्था गर्न लगाएकाे आराेप विद्यार्थीहरूले लगाएका छन् । त्यसमा एउटै उमेर  हद  मात्रै नभएर तीन वटा प्रस्ताव गरेका छन् ।

उमेर हद २८ बर्ष, ३० बर्ष र ३२ बर्षमध्ये एउटा प्रस्ताव गरेका  थिए । २८ बर्ष, ३० बर्ष र ३२ बर्षमध्ये एउटा प्रस्तावमा सहमति नजुटे उमेर  हद  कुन राख्ने भनेर  मतदान गरेर टुंग्याउन पनि आग्रह  गरेका थिए ।

अखिल क्रान्तिकारीभित्र उमेर  हद राख्ने कि  नराख्ने भन्नेमा मतदान गर्ने र  त्यसमा उमेर हद  राख्ने  पक्षमा बहुमत आए  कुन उमेर समूहलाई मान्ने भनेर मतदान गराउन प्रचण्डले  भनेका थिए ।  त्यही  आधारमा मतदानको तयारी  हुँदा कुर्सी  हानाहानकाे हिंसात्मक घटना भएको हो ।  

त्यस्तो अवस्थामा अहिलेका पदाधिकारीहरु अधिकांश अध्यक्षको दावीबाट बाहिर  हुन्छन् ।  अध्यक्ष,  उपाध्यक्ष र महासचिवसहितको पंक्ति बाहिरिने हुँदा सचिवदेखि सचिवालय तहका नेताहरु अध्यक्षको पक्षमा हुन्छन् ।

  त्यसैले  अध्यक्षमा  नयाँ मान्छे ल्याउने र  त्यो आफ्नाे कोटाको बनाउन प्रचण्डले त्यस्तो षडयन्त्रमूलक रणनीति अख्तियार  गरेको चर्चा अखिल  क्रान्तिकारीमा  भइरहेको छ । प्रचण्डले हिजो २०८१ असाेज १४ गते  त्यस्तो निर्देशन दिएपनि अहिलेसम्म टुंगो भने लागेको छैन ।

  आज असाेज १५ गते पनि विद्यार्थी नेताहरु  कीर्तिपुरमा जम्मा भएका छन् । तर, प्रचण्डको निर्देशनले माओवादी निकट विद्यार्थी  संगठन अखिल क्रान्तिकारीकाे याे सम्मेलन नै भताभुंग हुने अवस्थामा पुगेको विद्यार्थीहरू बताउछन् ।

२०८१ असाेज  १० गतेदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि असाेज १४ गतेका लागि तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म सुरु नै हुन सकेको छैन ।