🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

काँकडभिट्टा, २३ असोज (रासस) :  जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे असोज २२ गते अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो । अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान गरिएको छ ।

जिल्ला अदालतका पाँचैजना न्यायाधीश निर्वाचन आयोगको तालिममा गएका बेला श्रेस्तेदार इन्द्रहाङ योङहाङले गरेको थुनछेक बहसपछि डेढ करोड रुपैयाँ धरौटी रकम माग गरिएको थियो । सोही रकम बझुाउन नसक्दा उनी कारागार चलाउन भएको श्रेस्तेदार योङहाङको भनाइ छ ।

यसअघि नै अपहरण प्रकरणमा संलग्न भनिएका तत्कालीन सञ्चार मन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य, अजर राई, राजु कुँवर र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन नायब सुब्बा तेजिन्द्र न्यौपाने धरौटी रकम बुझाएर सादा तारखेमा छुटिसकेका छन् ।

विष्टले २०७३ माघ १३ गते विर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएर जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले अन्यलाई पक्राउ गर्न सफल भए पनि पत्रकार पुजन आचार्य भने फरार रहेका थिए ।

अदालतबाट आरोप पुष्टि भए मानव अपरहण तथा शरीर बन्धक मुद्दामा सात वर्षदेखि १५ वर्षसम्म जेल र रु ५० हजारदेखि दुई लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको श्रेस्तदार याङहाङको भनाइ छ ।
–––