🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विप्रेषणको विकल्प पर्यटन मात्र : पर्यटनमन्त्री

पोखरा, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालमा विप्रेषणको विकल्प पर्यटन भएको बताएका  छन । 

‘बुकवर्म फाउण्डेशन र र्याण्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित सातौ नेपाल साहित्य महोत्सव अन्तर्गत ‘किन घुम्ने नेपाल’ विषयक सम्वाद कार्यक्रममा उनले मुलुकमा रोजगारी सिर्जना गर्न नसक्दा लाखौं युवाहरु रोजगारीको खोजीमा विदेशीन बाध्य भएको बताए । उहाँले विदेशबाट विप्रेषण प्राप्त भएपनि त्यो देशको समृद्धिको दिगो आधार नभएको बताए । 

पर्यटनको विकासबाट स्वदेशमा नै रोजगार सिर्जना गरी विप्रेषणको विकल्पका रुपमा पर्यटनको विकास अपरिहार्य रहेको बताउँदै पर्यटन मन्त्री अधिकारीले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्दै थप गन्तव्यको खोजीमा मुलुकका तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हालको यात्रु क्षमतामा दोब्वर बनाउनुको साथै आगामी नौ महीनाभित्र भैरहवास्थित गौतम वुद्ध विमानस्थल र २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनमा आउने जानकारी दिए। पर्यटनलाई काठमाडाैं, पोखरा र चितवन मात्र सीमित नराखी मुलुकको पूर्वदेखि पश्चिमसम्म विस्तार गर्ने नीति सरकारको रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्यटन उद्योगमा लगानी बढाउन व्यवसायीलाई आग्रह गरे। 

मुलुकमा पर्यटनका लागि आवश्यक पूर्वाधार तयारी गरी पाँच वर्षमा ४० लाख बाह्रय पर्यटक भित्र्याउने योजनासाथ काम भईरहेको बताउँदै उहाँले त्यसबाट २५ प्रतिशत रोजगार सिर्जना हुने जानकारी दिए । 

मुलुकको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउँदै उनले पाँच वर्षभित्र मुलुकको कूल ग्रायस्थमा पर्यटन विकासको १० प्रतिशत योगदान रहने गरी काम भई रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले मुलुकमा पर्यटन विकास गर्न आवश्यक भौतिक पूर्वाधार र नयाँ गन्तव्यको उजागर भई रहेको कारण यसै वर्ष तोकिएको सङ्ख्यामा पर्यटक आउने बताए । 

 

पर्यटन विज्ञ आङछिरिङ शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकास गर्न हिमाल र पदयात्रा गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए । चारदिने सो महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्जवल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डा निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्वियरलगायत आठ देशका १२० लेखक तथा साहित्यकारको सहभागिता छ । (रासस)