🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार’

काभ्रेपलाञ्चोक, ३१ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । 

नेपाल इँट्टा उद्योग महासङ्घको १६औँ साधारणसभा उद्घाटन समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न इँटा उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकार व्यवसायीसँग हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियान छ । व्यवसायीले पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार तयार छ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले व्यवसायीले सरकारलाई विरोधीको आँखाले नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्र सफल बने मेरो पनि व्यवसाय सफल हुन्छ भन्ने व्यवसायीले सोच्नुप¥यो ।” 

मन्त्री भण्डारीले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताउनुभयो । आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’ सम्मको अभियानलाई व्यवसायीले पूर्ण साथ दिनुपर्ने उहाँको धारणा थियो । 

मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौती समाना गर्न ‘मन्त्रालय–व्यवसायी’ बीच को दूरी कम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मन्त्रालयले उद्योग, व्यवसायसम्बन्धी अध्ययन कार्यदल बनाएकाले कार्यदलको प्रतिवेदनअनुसार व्यावसायिक सुदृढीकरणबारे छिट्टै योजना ल्याइने जानकारी दिनुभयो । इँट्टा उद्योगलाई प्रविधि एवं जलवायुमैत्री बनाइ रोजगारी प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो ।

    
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ र लक्ष्मण लम्साललगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग व्यवसायीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थप गरिदिन अनुरोध गर्नुभयो । उहाँले आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक हजार दुई सय इँट्टा उद्योग महासङ्घमा आबद्ध छन् । 

राससकर्मी पराजुली सम्मानित

सञ्चारकर्मको माध्यमबाट समाजमा योगदान पु-याएको भन्दै इँटा उद्योग व्यवसायीको साझा संस्था नेपाल इँटा उद्योग महासङ्घले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता राजकुमार पराजुलीसहित चार पत्रकारलाई सम्मान गरेको छ । 

आज काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको महासङ्घको १६औँ वार्षिक साधारणसभाको अवसरमा उहाँहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

पत्रकारिताको माध्यमबाट समाजमा शिक्षा, स्वास्थ्य, कला, संस्कृति एवं पर्यावरण विषयमा लामो समयदेखि समाचार लेखन, प्रकाशन र प्रसारण गरी आम नागरिकलाई सुसूचित गर्दै जिम्मेवार सञ्चारकर्मीको भूमिका निर्वाह गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको महसङ्घले जनाएको छ । 

सम्मानित हुनेहरुमा पराजुलीसहित वरिष्ठ साहित्यिक पत्रकार एवं जनमत मासिकका सम्पादक मोहन दुवाल, प्रभातफेरी साप्ताहिकका सम्पादक ईश्वरी राजकुमार मैनाली र काभ्रे सन्देश साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक शिखर चिमोरिया रहनुभएको छ ।