धनुषा, ८ पुस । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन ।
जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।



