🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. बीच सम्झौता 

काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. बीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको हो । 

यस अन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. ले साना तथा मझौला उद्यमहरुको  वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनितिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ भने महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको निति बमोजिम साना तथा मझौला उद्यमहरुको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतित पत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्नेछ । यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ  । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।