🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रजातान्त्रिक आ न्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

गण्डकी, २६ भदौ : बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले  प्रजातान्त्रिक आन्दोलनमा योगदान पु-याएका ११ व्यक्तित्वलाई आज सम्मान गरेको छ । एक सय एघारौँ बिपी जयन्तीका अवसर पारी आयोजित एक समारोहका बीच नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
    

सम्मानित हुनेमा दुुर्गादत्त पौडेल (नवलपुुर), तीलबहादुर गुुरुङ (गोरखा), सानुमाया गुरुङ (लमजुुङ), बुद्धकुुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कँडेल (बागलुङ), भैरवबहादुर हुमेल (म्याग्दी) र कृष्णप्रसाद बरुवाल (मुस्ताङ) रहनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले बिपीको चिन्तनलाई आत्मसात् गर्नसकेमा कांग्रेस कहिल्यै कमजोर बन्न नपर्ने बताउनुभयो ।
    

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले पाउनुपर्ने विचारका साथ स्थापित नेपाली कांग्रेसले बिपीको आदर्शलाई भुल्न नहुनेमा जोड दिनुभयो । 

    
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपीले तत्कालीन समयमा अघि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण कांग्रेस कमजोर बनेको बताउनुभयो । 
    

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोलाले पुस्तकालयका तर्फबाट प्रजातान्त्रिक आन्दोलनमा योगदान पु-याएका व्यक्तिलाई बर्सेनि सम्मान गरिँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्लेले ‘बिपी कोइराला प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसको आर्थिक कार्यक्रम’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ एवं सम्मानित व्यक्तिले बिपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु-याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।