🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युत् चोरी गर्ने ४१ जनालाई कारवाही

राजविराज, ६  पुस (रासस)ः नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराजले बिजुलीको पोलमा हुकिङ् गर्ने ४१ जनालाई कारवाही गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा अनुगमनका क्रममा उनीहरुलाई विद्युत्को पोलमा अङ्कुस लगाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

विद्युत् प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहका अनुसार उनीहरुको साथबाट चार थान पानी तान्ने मोटर, एउटा एलइडी टिभी र सात थान विद्युत् मिटरसमेत बरामद गरेको छ । पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार असुल गरिएको छ । 
–––