🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उर्जा आयोगमा ‘छोटे राजा’ 

काठमाडौं । सरकारले संवैधानिक निकायका प्रमुख पदाधिकारी, सदस्य, नेपाल सरकारका मन्त्री, संवैधानिक अंगका सदस्य तथा विशिष्ट श्रेणीका सचिव सहसचिव र सोभन्दा माथिल्ला तहका कर्मचारीलाई कार्यालय प्रयोजनका लागि सवारी उपलव्ध गराउँदै आएको छ । तर, यसरी उपलव्ध गराइएको सरकारी सवारी साधनमा समेत कर्मचारीहरुले ब्रम्हलुट मच्चाउने गरेको गुनासो सुनिदै आएको छ । यस्तो लुट वर्षांैदेखि हुँदा पनि सम्वन्धित सरकारी निकायले अन्देखा गरेकोमा सर्वत्र चिन्ता बढेको छ ।

यतिखेर एकजना सहसचिवले सरकारले दिएको सबिधा बापतबाहेक पनि सवारी साधन आफू खुसी प्रयोग गर्दै अख्तियारको दुरुपयोग गर्दै आएको आरोप छ । उनी हुन् जल तथा उर्जा आयोगमा कार्यरत कानूनतर्फका सहसचिव कलानिधि पौडेल । सरकारी नियम अनुसार, सचिवले समेत एउटा मात्रै सवारी साधन सुविधाबापत पाउने गरेका छन् । अख्तियारको दुरुपयोग गर्दै उर्जा आयोगका सहसचिवले रोजी छाडी तीन÷तीन वटा सरकारी सवारी साधन आफू खुसी प्रयोग गर्दै आएको स्रोतले जनाएको छ । उनले आयोगमै करार सेवामा कार्यरत छोरी, साली, सालोका लागि समेत मापदण्ड विपरीत सवारी र इन्धन सुविधा दिएको स्रोतले बताएको छ ।

 उनले आयोगको सचिवालयलाई आफन्तको भर्तिकेन्द्र बनाएको गुनासो कर्मचारीले गर्दै आएका छन् । उनले आफन्तका नाममा ऐन÷कानून विपरीत सवारी साधनदेखि इन्धन सुविधासमेत उपलव्ध गराउँदा पनि विभागीय मन्त्रालयले कुनै कारवाही गर्न सकेको छैन । 

निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्षभित्र अनिवार्य सरुवा गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । तर, उनी न्यायाधीश हुनको लागि कुरेर बसेको चर्चा छ । विगत चार बर्षदेखि उनी आयोगको सचिवालयमा बसेर सवारी साधनदेखि इन्धनसम्ममा चरम दुरुपयोग गरिरहेको गुनासो कर्मचारीले गर्दै आएका छन् ।  आयोग स्रोतले दिएको जानकारी अनुसार, सहसचिव पौडेलले बा १ झ ९१२४ नम्बरको महिन्द्राको स्कारपिओ गाडी प्रयोग गर्दै आएका छन् । यसको अलवा उनले बा १ झ ९२७२ नम्बरको चेभरलेट गाडी पनि स्वयंले प्रयोग गर्दै आएका छन् ।

यी सरकारी सवारी साधनमा उनका सालासालीको छोरा छोरीदेखि घरायसी प्रयोजनका लागि समेत प्रयोग गर्दै दुरुपयोग गर्दै आएको कर्मचारीहरुले बताए  । यसका अलवा बा १ झ ४३४५ नम्बरको गाडी समेत उनकै सेवामा प्रयोग हुँदै आएको स्रोतको दावी छ । सहसचिव पौडेलले आयोगका सवारी साधन परिवारलाई चढ्न दिएर साझा पेट्रोल पम्पबाट तेल भर्ने गरेको र इन्धनको कुपन समेत दुरुपयोग गर्ने गरेको बताइन्छ । मन्त्रालयमा सबैभन्दा बढी गाडीको दुरुपयोग गर्ने कर्मचारी सहसचिव पौडेल नै दर्ज हुँदै आएका छन् ।

 सहसचिव पौडेलले कम्प्युटर अपरेटरको जिम्मेवारीमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भर्ति गरेको स्रोतले बताएको छ । बिडम्वना कम्प्युटर अपरेटरमा भर्ति गरिएका लक्ष्मण भण्डारीलाई कम्प्युटरका लागि आवश्यक ज्ञान नभएको कर्मचारी स्रोत बताउँछ ।

छोरी दीक्षा पौडेललाई पनि सहसचिव पौडेलले करारमा कम्प्युटर अपरेटरका रुपमा नियुक्ति दिएको बताइएको छ । सहसचिव पौडेलमाथि उल्लेखित बाहेक ००२ बा ६६६४ नम्बरको स्कर्पियोसमेत प्रयोग गर्दै आएको स्रोत बताउछ । ववरमहलमा बस्दै आएका उनले उक्त कार्यालयबाटै फेरि फेरि तीन÷चार वटा सवारी दुरुपयोग गर्दै आएको स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ भदौ २४)